काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी मिडियाहरुले कुनै नेताहरुको प्रचार नगरि मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहस विविधता, विशिष्टता, पहुँच, प्रवर्द्धन प्रभाव र विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चार मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् ।
मन्त्री गुरुङका अनुसार सार्वजनिक सेवा प्रसारण नेपाल जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा यसले अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिए ।
पिएसबीले उठान गर्ने मुद्धाहरुमा राष्ट्रियता एकताको भाव जगाउने, जनताको दुख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्याउने खालका विषय वस्तु हुनु पर्ने मन्त्री गुरुङले धारणा राख्दै उनले रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले ठुलो भएर मात्रै चित्त बुझाउने बेला नभएको अब युग अनुकुलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिए ।
मन्त्री गुरुङले भने, ‘रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकुलको कार्य क्षमता प्रर्दशन गरेर अघि बढ्नु पर्छ ।’ सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्ग चित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उनको तर्क छ ।
FACEBOOK COMMENTS