काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यस पालिको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउदै ‘पपुलिष्ट’ खालका बजेट नआउने बताएका छन् ।
काठमाडौंमा आज लम्जुङ जिल्लाको दोर्दी गाउँपालिकाको हाल सम्मको प्रगति विवरण तथा आव २०८२⁄८३ को वार्षिक बजेट तथा कार्यक्रमको लागि विज्ञहरुको सुझाव तथा संकलन एवं अन्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बजेट चर्चाको विषय मात्रै हुने तर, व्यवहारमा लागु गर्न नसक्ने खालका बजेट निरुत्साहित गरिने बताएका हुन् ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने ‘यसपाली पपुलिस्ट बजेट आउँदैन ।’ उनका अनुसार थोरै बजेटको अपुगका कारण पुरा हुन नसकेका योजनाहरुमा थप बजेट गरि सम्पन्न गरिने बजेटको धये रहेकोछ । ‘धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुर्पै छ’, उनले भने,‘त्यस्ता अलपत्र परेका योजना पुरा गर्नेमा बजेटले प्राथमिकता पाउछ ।’
कुनै स्टुमेट नै नगरि बनेका योजनाहरु बजेटको प्राथमिकतामा नपर्ने तर राष्ट्रिय गौरवका योजनाहरु सफल पार्न भने सरकारले जोड दिने मन्त्री गुरुङले जानकारी दिए।
FACEBOOK COMMENTS