काठमाडौं । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् ।
पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगे । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्किए ।
अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने गरी काम गर्न सुरक्षा निकाय र विमानस्थलका कर्मचारीलाई निर्देशन दिए । विदेशबाट दुःख गरेर स्वदेश फर्किएका नागरिकले विमानस्थलमै दुःख पाउनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए ।
गृहमन्त्री गुरुङले यात्रुको गुनासो दोहोरिन नदिन सचेत गराए । उनले सामान्य लत्ताकपडा तथा व्यक्तिगत प्रयोगका सामानमा अनावश्यक जाँच गरी सेवाग्राहीलाई दुःख नदिन निर्देशन दिए ।
FACEBOOK COMMENTS