काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय चितवनको कुरिनटारको अवलोकन गरेका छन् ।
निरीक्षणको क्रममा गृहमन्त्री गुरुङले कम्तीमा पाँच किलोमिटरको फरकमा हेलिप्याट स्टेसन राख्न निर्देशन दिए ।
निरीक्षणमा सशस्त्र प्रहरी अधिकारीहरू सँगै चितवन जिल्लाका सिडिओ गणेश अर्याल र सशस्त्र प्रहरीका एसएसपी भरत खनिया सङ्गै सशस्त्र प्रहरी नायब महानिरीक्षक अन्जनि कुमार पोख्रेल, जिल्ला प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी उपरिक्षप गोबिन्द पुरी र ट्राफिक प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डे सहभागि थिए ।