काठमाडौं । मंसिर २३ गते शुक्रबारदेखि कोटेश्वरबाट सातदोबाटो जाने-आउने मुख्य बाटो परिवर्तन हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ललितपुरको ग्वार्को चोकमा फ्लाइ अेभर विथ अप्रोच रोड निर्माण हुन लागेकाले शुक्रबार बिहान ६ बजेदेखि कोटेश्वरबाट सातदोबाटो तर्फ जाने आउने मुख्य बाटो परिवर्तन हुने जानकारी दिएको हो ।
शुक्रबार बिहान ६ बजेदेखि निर्माण कार्य सम्पन्न नभएसम्म उक्त स्थानमा वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयले कोटेश्वरबाट सातदोबाटो तर्फ जाने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बालकुमारी पुलबाट बल्खुसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्र्याकबाट संञ्चालन गरिने बताएको छ ।
यस्तै, बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वर तर्फ जाने यात्रुबाहक, मालबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरुलाई बल्खुबाट बालकुमारी पुलसम्म सर्भिस लेनमा र निजि चार पाङ्ग्रे सवारी साधनहरुलाई फास्ट ट्रयाकबाट संञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ ।
कार्यालय सबै चालकहरुलाई तोकिएका बाटोबाट यात्रा गर्नु अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS