काठमाडौं । नेपालमा जि।डब्लु।एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरक भि.जि. ईम्पेक्सले एभरेष्ट बैंक लिमिटेडसँग एक् सम्झौता गरेको छ ।
सम्झौताअनुसार आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधा प्राप्त हुनेछ । उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ०% ऋण उपलब्ध गराउने छ । ३ वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी र) १०.०% रहनेछ ।
FACEBOOK COMMENTS