काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले जरिवानाबापत आफूलाई काटेको पत्र बुझ्न अस्वीकार गरेका छन् ।
गत शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरहरूले गरेको आन्दोलनबाट सिर्जित फोहर तथा महानगरका भौतिक संरचनामा गरिएको तोडफोडबापत भन्दै महानगरले शनिबार पूर्वराजा शाहका नाममा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
जरिवानाबापतको पत्र बुझाउन निर्मल निवास पुगेको महानगर प्रहरी बलसहितको टोलीलाई भित्र प्रवेशन नदिई त्यहाँबाट त्यसै फर्काइएपछि टोलीले हुलाकमार्फत जरिवानापत्र पठाएको हो ।
FACEBOOK COMMENTS