काठाडौं । आज मन्त्रिपरिषद बैठकले तीन जनाको नेपाली नागरिकता प्रमाणपत्र रद्द गरेको छ।
बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको हो।
शुक्रबार नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमा बैठकको निर्णय सुनाउँदै तीन जनाको नागरिकता रद्द गरेको जानकारी दिएका छन्।