काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले यसवर्ष विजयादशमीको अवसरमा सर्वसाधारणलाई टीका नलगाउने भएका छन् ।
देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै र हालैको जेनरेशन–जेड आन्दोलनमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जलि स्वरूप निर्मल निवासले यस्तो निर्णय गरेको निकट स्रोतले दाबी गरेको छ।
प्रत्येक वर्ष विजयादशमीका दिन निर्मल निवासमा टीका लगाउन सर्वसाधारणको ठूलो घुइँचो लाग्ने गरे पनि यसपटक औपचारिक कार्यक्रम नगर्ने तय भएको जनाइएको छ।
FACEBOOK COMMENTS