वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्रले वीरगन्ज पुगी गएको १३ माघमा दल र नेताको काम’ कटाक्ष गरेलगत्तै वीरगन्जमा भीआईपीको ताँती नै लाग्न थालेको छ ।पूर्वराजा ज्ञानेन्द्र फर्केको दुई दिन बित्न नपाउँदै गएको १५ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीरगन्जमा आइपुगेका थिए ।
उनी फर्कने क्रममा बाराको सिमरा पुगेर राजदरवार हत्याकाण्ड’ पुन छानविन गर्नेसम्मको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्रीले यो प्रतिक्रिया दिनुको कारण पूर्वराजा ज्ञानेन्द्रले २०५८ सालको राजदरबार हत्याकाण्डमा आफूहरुलाई बेतुकको लाग्छना लगाइएको तर्क गर्दै जनतामा भ्रम छरिएको बताएको काउन्टर थियो । प्रधानमन्त्री प्रचण्डले यही कुरालाई संकेत गर्दै बाराको सिमरामा सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै राजदरबार हत्याकाण्ड पुनः छानबिन हुनेभनी पूर्वराजाको भनाइप्रति कटाक्ष गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र राजावादी समर्थकले उनैलाई गर्ने नागरिक अभिनन्दनका लागि भनी वीरगन्ज आएका थिए । प्रधानमन्त्री प्रचण्ड भने आफ्नै पार्टी माओवादी केन्द्र निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टरको स्थापना दिवस र राष्ट्रिय बैठकको समापनलाई सम्बोधन गर्न भनी यहाँ आइपुगेका थिए ।
यी दुई भीआईपी मात्र नभई एक साताभित्र मोफसलको जिल्ला पर्सा वीरगन्जमा अर्का भीआईपीमध्ये नेपाली कांग्रेजका महामन्त्री गगनकुमार थापा पनि आइपुगेका छन् । स्थानीय अंकुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहमा सरिक हुन भनी उनी पनि यहाँ आएर डेमोक्रेसीभन्दा अर्को विकल्प नभएको भनी फर्केका छन् । राजाका समर्थकले राजा आउ देश बचाऊ भनी वीरगन्जमा लगाएको नारा र पूर्वराजा ज्ञानेन्द्रको कडा सम्बोधन पछि उल्टो बाटोमा राजनीति फर्किने संकेत गरेको विरोधकै शैलीमा डेमोक्रेसीको विकल्प नभएको महामन्त्री थापाले जिकिर गरे ।
उनले यो व्यवस्थाभित्र भएका नराम्रा पक्ष सुधार गर्दै गएर यो व्यवस्थामा नै राम्रा काम गर्नुपर्नेमा जोड दिए । ‘यहाँका नराम्रा पक्ष हटाउन हामी सक्छौं’, हामीले अग्रसरता गर्नैपर्छ, त्यसका लागि पहिले आफैंबाट सुधारको सुरुवात गर्नुपर्छ, स्टेटको मेकानिज्म जुन राम्रो गर्नेभन्दा पनि नराम्रोमा लागेको छ । अब यसलाई सुधार गरेर टुंगोमा पुग्ने–पु¥याउने गर्नुपर्छ, प्रत्येक कुराको सुधारको जिम्मा हाम्रो हो । सदनमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस पार्टी छ । देशभरि अधिकांश प्रदेशमा पनि कांग्रेसकै सरकार छ । अनि ३ सय ३२ पालिकाको प्रमुख पनि नेपाली कांग्रेसकै व्यक्ति छ । अनि यहाँका कमजोरी अरू कसले हटाउँछ रु हामीले नै हटाउनुपर्छ ।’
वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंह र यो मुद्दामा बढी चासो देखाइरहेका स्थानीय कांग्रेसकै केही नेता कार्यकर्तातर्फ संकेत गर्दै उनले नागरिकतामा गल्ती गर्नेले वा दोहोरो नागरिकता बनाउने कसैले छुट पाउन नहुने जिकिर गरेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS