काठमाडौं । आज आइतबार पोखराबाट पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किन लागेका छन् ।
आजै उनका समर्थकले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि सुरक्षा व्यबस्था पनि तयारी अवस्थामा राखिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार विभिन्न निकायका सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
त्यही अनुसार आवश्यकता अनुसार प्रहरी परिचालन हुने भएको छ । प्रहरीले कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन दिइन चनाखो हुने जनाएको छ ।
पूर्वराजा शाह कतिबेला काठमाडौं आइपुग्ने भन्नेबारे केही जानकारी नभएको बताइएको छ । काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील क्षेत्रमा राखेको छ ।
आज नेपाल प्रहरीका साथै नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका टोली पनि सुरक्षा व्यवस्थाका निम्ति परिचालन गरिने तयारी रहेको छ ।
FACEBOOK COMMENTS