काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले एक नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने प्रवृत्तिका कारण देश इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको बताएका छन् ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।
‘विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्षहरू भए । संघर्षको आडमा परिवर्तन पनि गरिए, तर सबै प्रकारका परिवर्तनहरूले नेपाल र नेपालीलाई के दियो भनेर आत्मसमीक्षा गर्ने बेला अहिले आएको छ,’ उनले भने, ‘हाम्रो शत्रु विपन्नता र अस्थिरता हो । तर, एउटा नेपालीले अर्को नेपालीलाई वैरी ठान्ने अवाञ्छित संस्कृतिलाई हामीले बढावा दियौँ, जसका कारण देश आज इतिहासकै सबैभन्दा गहिरो दर्दनाक अवस्थामा आइपुगेको छ ।’
FACEBOOK COMMENTS