काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र(ज्ञान बहादुर) शाही मनोनित भएका छन्।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङ्देनले शाहीलाई संसदीय दलक नेता मनोनित गरेको जानकारी दिए। जुम्बाबाट निर्वाचित शाही यसअघि मन्त्री हुने चर्चा थियो। राप्रपाले उपप्रधानसहित ३ मन्त्री र १ राज्यमन्त्री पाउँदा शाहीले सरकारमा ‘हिस्सा’ पाएनन्।
मन्त्री हुने चर्चामा रहेका शाहीलाई संसदीय दलको महत्वपूर्ण मानिने प्रमुख सचेतक पद दिइएको हो।
FACEBOOK COMMENTS