काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गरेका हुन् ।
उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्दै प्रदेश संरचना खारेज गर्न सहमति गर्न प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन्–
प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई पाँचवटा मुद्दामा नवीन सम्झौता गर्न अपिल गर्छौँ–
१) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ।
२) प्रदेश संरचना खारेजी ।
३) हिन्दु, बुद्ध, किरातसहितको वैदेशिक वैदिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने ।
४) राष्ट्रपतिलाई हटाएर राजा राख्ने संवैधानिक राजसंस्थाको स्थापना गर्न ।
५) संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द गर्न नेपालको संविधानको धारा २८४ खारेज गर्ने संवैधानिक परिषदको अन्त्य गर्न ।
FACEBOOK COMMENTS