काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आफूलाई उपाध्यक्षको उमेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
११औँ महाधिवेशनमा आफू उपाध्यक्षको उमेदवार नबन्ने उनले बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्षमा अघि सारिएको छ ।
सोमबार (मंसिर २९) अपराह्न करिब सवा ४ बजेसम्म उनले उमेदवारी मनोनयनपत्र दर्ता गराएका छैनन् ।
उमेदवारी नदिने भन्दै रुष्ट उनी काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशनस्थलबाट बाहिरिएका छन् ।
यसपालि उनी महासचिव पदको दाबेदार हुन् । १०औँ महाधिवेशनबाट उनी उपमहासचिव बनेका थिए ।

FACEBOOK COMMENTS