काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी यशोदा लेखक बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेकी छिन् । उनको रिट दर्ताको प्रक्रियामा छ ।
लेखकलाई शनिबार बिहानै प्रहरीले भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । सोही दिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
ओली रिहाइको माग गर्दै पनि बन्दी प्रत्यक्षीकरणको निवदेन दर्ता भएर सोमबारका लागि सुनवाइ तोकिएको छ ।
FACEBOOK COMMENTS