काठमाडौं । सैद्धान्तिक आधारविना राजनीतिक नेतृत्वबाट आउने टीकाटिप्पणीले बजारमा असर पर्ने गरेको छ । पछिल्लोपटक नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले शेयरबजार विरोधी अभिव्यक्ति दिएपछि शेयरबजारमा पहिरो गएको छ ।
पूँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पूँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको दाबी प्रचण्डले गरेका थिए । उनको भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल शेयरबजार क्षेत्रमा जथाभावी बोल्दा र निर्णय गर्दा लगानीकर्ताको खर्बौं रकम बराबरको सम्पत्ति धराशयी बन्ने बताएका छन् । उनले दाहालको अभिव्यक्ति गलत भएको ठोकुवासमेत गरे ।
उनले राष्ट्र बैंकले सीसीडी रेसियो खारेज गर्नुले शेयरबजारमा पर्ने असरलाई औंल्याउँदै अर्थमन्त्री शर्माको शेयरमा लगानीभन्दा बैंकको निक्षेपमा लगानी गर्नुपर्ने धारणालाई पनि कटाक्ष गरे । ‘शेयरबजार मानिसको सम्पत्ति डाइभरसिटी गर्ने एक माध्यम हो । बैंकको ब्याजदर घट्दा शेयरको भाउ बढ्ने हुनाले तपाईंको आम्दानीमा खासै धेरै असर पर्दैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले राष्ट्र बैंक र अर्थ मन्त्रालयका जिम्मेवार नेतृत्वलाई सधैं पूँजीबजारका बारेमा कम बोल्न र ब्याजदर सकेसम्म स्थिर बनाउन आग्रहसमेत गरे ।
पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पनि दाहालको अभिव्यक्तिको कटाक्ष गरेका छन् । ‘विगत केही वर्षमा चीनमा भएको पूँजी बजारको विस्तार पनि के सम्राज्यवादको विकसित रूप हो रु ठोकेर केही कुरा बोल्ने अगाडि दाहालजीले अलि चिन्तन गर्नुभएको भए हुने,’ उनले भने ।
अर्थशास्त्री डा। केशव आचार्य दाहालको टिप्पणी सही नभएको बताउँछन् । ‘शेयरबजार भनेको नै लगानी संकलन गर्ने ठाउँ हो । त्यसैले गलत अर्थ लगाइनु हुँदैन,’ उनले भने ।
पूँजी बजारबारे यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भन्दै विवेकशील साझा पार्टीले विरोध व्यक्त गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS