काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा नेपाल मर्चेण्ट बैंकर संघले अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता २०२३ को अन्तिम चरणको खेलहरु सम्पन्न गरेको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित लगानीकर्ता सप्ताह कार्यक्रम अन्तर्गत आयोजित प्रतियोगितामा काठमाण्डौ युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट प्रथम, नेपाल कलेज अफ म्यानेजमेन्ट द्धितीय र क्वेस्ट ईन्टरनेशनल कलेज तृतिय भएका छन् ।
प्रतियोगिताका लागि पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेन्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेन्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य भएका थिए। द्धितीय चरणमा प्रवेश गर्न सफल भएका आठ वटा टोलिमध्ये विजय हुन सफल चार वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेन्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेन्ट बीच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तीय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।
ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र र्यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट ९कुसोम० को टोलि ट्रफी र १ लाख रुपैयाँसहित प्रथम च्याम्पियन भएको छ ।त्यस्तै नेपाल कलेज अफ म्यानेजमेन्ट कलेज ट्रफी र ५० हजार रुपैयाँ प्राप्त गरी द्धितीय र क्वेस्ट इन्टरनेशनल कलेज २५ हजार रुपैयाँ पुरस्कारसहित तेस्रो स्थानको ट्रफी हात पारेको छ ।
सो कार्यक्रमका मुख्य अतिथिले सहभागीहरूको प्रस्तुति देखि प्रभावित भएर भविष्यका यात्राहरूको लागि उत्साहित गर्न शुभकामना प्रकट गरेका थिए। उनले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क व्यक्त गरे। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक र डब्ल्युआईडब्ल्यु २०२३ का नेपालतर्फको संयोजक गर्नु भएको डा। नबराज अधिकारीले डब्ल्युआईडब्ल्यु २०२३ को व्यक्तिगत अवलोकन र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए, अनि भविष्यमा नेपालका सबै ७ वटै प्रदेशबाट यस किसिमका बौद्धिक तथा रचनात्मक कार्यक्रममा सहभागी गर्न यस्ता विभिन्न योजनाहरू प्रस्तुत गरे।
कार्यक्रमको सफलता विभिन्न कर्पोरेट तथा शैक्षिक संस्थाहरुको आर्थिक तथा लजिस्टिक सहयोगले सम्भव भएको हो । कार्यक्रमा आयोजन स्थल र लजिस्टिक व्यवस्था सहितको ग्लोबल कलेज तथा पाटन बहुमुखी क्याम्पस, रिलायन्स कलेज, एड–मार्क कलेज, एपेक्स कलेज र केसीएम कलेजले आफ्नो ज्ञान प्रवद्र्धनात्मक सहयोग प्रदान गरेका थिए । डाबर नेपाल प्रा। लि।ले कार्यक्रममा रियल जुस प्रदान गरि सहयोगी संस्थाको रुपमा रेहेका थिए । बेस्ट फाइनान्स कम्पनी लिमिटेड, सनराइज क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट ९सी।आइर्।टी०, इन्फोडेभलपर प्रा। लि र एन।एम।बि बैंक लिमिटेडले आर्थिक सहयोग गरेका थिए । एमबीएएन अन्तर–कलेज क्यापिटल मार्केट क्विज प्रतियोगितको भव्य फाइनलले प्रतिस्पर्धाको भावनालाई मात्र नभई इच्छुक सहभागीहरूका बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्मको रूपमा पनि स्थापित रहयो।
FACEBOOK COMMENTS