कार्तिक ५ काठमाडौं । नेपाल हस्तकला महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने भएको छ ।
सुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले आउँदो कार्तिक ९ देखि १६ गतेसम्म हस्तकला कोसेली मेला आयोजना गर्ने जानकारी गराएको हो ।
महासंघले आउँदो कार्तिक ८, ९ र १० गते काठमाडौंको नक्शाल, ११, १२ र १३ गते भक्तपुरको ठिमी र १४, १५ र १६ गते ललितपुरको कृष्णगल्लीमा हस्तकला कोसेली मेला आयोजना गर्ने मेलाका संयोजक विक्रमसिंह महर्जनले बताउनुभयो । उहाँले मेलामा २५ वटा स्टल रहने र ३० देखि ३५ लाखसम्मको कारोबार हुने अपेक्षा गरिएको बताए ।
मेला संयोजक महर्जनले मेलामा स्टलमा पहिलो प्राथमिकता महासंघको सदस्यलाई दिने पनि जानकारी दिए । गैरसदस्यहरुलाई स्टलको भाडा लिने उनको भनाइ छ । कोरोना भाइरसका कारण थला परेको हस्तकला क्षेत्र विस्तारै चलायमान बनाउँदै लैजान मेलाले सहयोग पुग्ने महासंघको अपेक्षा छ ।
FACEBOOK COMMENTS