काठमाडौं । १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिता आजबाट सुरु भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा मंसिर ३ गते देखि ५ गतेसम्म्म चल्ने मेलाको शुक्रबार उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहेका प्रधानमन्त्री देउवाले हस्तकला देशको कला र संस्कृतिले पहिचान भएको बताउँदै यसलाई विश्वबजारीकरणमा जोड दिनुपर्ने बताए । हस्तकला विकास र सरंक्षणको लागि सरकार प्रतिवद्ध रहेको पनि उनले बताए ।
हस्तकलामा कोरिएका चित्रहरु, मुर्तिले देशको कला, धर्म संस्कृतिको पहिचान गर्ने भएकोले हस्तकलालाई संरक्षण गर्दै पुस्तान्तरण गर्न व्यवसायीलाई देउवाले आग्र्रह समेत गरे । सरकार हस्तकला क्षेत्रको संरक्षणका लागि तयार रहेको बताउँदै उनले आवश्यक ऐन तथा नीति बनाएर अगाडि बढ्न सहयोग गर्ने बताए ।
प्रधानमन्त्री देउवाले भने, “मेलाको अवलोकन गर्दा अति सुन्दर मुर्ति, कला, मिहिनेत देख्दा म खुशि छु । हाम्रो पहिचान कायम राख्न धेरै कालीगढहरुले परम्परागत, आधुनिक शैलीमा मिहिनेत गरेर सुन्दर मुर्ति, फेसन, विभिन्न कालाकृतिका सामाग्रीहरुले मेला अत्यन्न सुन्दर बनाएको छ । यो नै देशको पहिचान हो । यसको जगेर्नामा सरकार प्रतिबद्ध छ ।”
यस्तै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेम आलेले देशको धर्म संस्कृति पहिचान नै हस्तकला भएको बताउँदै मन्त्री आलेले देशको अर्थतन्त्रमा हस्तकालाको करिब सात आर्बको व्यपार गरेको बताए । मेला सफलताको कामना व्यक्त गर्दै हस्तकला उद्यमीलाई उच्न मोनोबलका साथ व्यवसाय गर्न आग्रह गरे । सरकारले हस्तकालाको व्यवसायीकरणका लागि आवश्यक सहयोग गर्न तप्पर रहेको उल्लेख गरे ।
त्यसैगरि कार्यक्रममा महासंघका उपाध्यक्ष तथा मेला संयोजक रवीन्द्र शाक्यले हस्तकला रोजगारी सृजनाको साथै आर्थिक उपार्जनको मुख्य स्रोत भएको बताए । उनले हस्तकलाको पहिचान र संरक्षणको लागि कला वर्ष घोषणा गर्न सरकारलाई आग्रह गरे । उनले साच्चै सरकारले हस्तकलाको विकास, संरक्षण गर्न, प्रोत्सहान गर्न सरकारी कार्यलयमा स्वदेशी उत्पादित बस्तुको प्रयोग गर्न खरिद ऐनमा व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
FACEBOOK COMMENTS