काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । सोमबार बिहान ९: १३ बजेको शुभ साइतमै जमरा राखिएको हो ।
सोमबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि सोमबार शुभसाइतमै जमरा राखिएको हो ।
जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए । साथै बन्दुक पड्काएर बढाई पनि गरिएको छ । नवरात्रीभर महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नवरात्रको प्रथम दिवसमा शैलपुत्री, दोस्रो दिन व्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजाअर्चना गरिन्छ ।
दशैंको टीका साइत
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३
मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।
FACEBOOK COMMENTS