काठमाडौं । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले नेपालमा उद्योगी व्यवसायीले कानूनी शासन स्थापित होस भन्ने चाहना रहेको बताएका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेपालमा पहिला थुन्ने अनी मात्रै कुरा सुन्ने काम भएको उनको तर्क छ । उनले कसैलाई पनि पक्राउ पुर्जी जारी नै नगरी थुन्नु गलत भएको दाबी गरे ।
सरकारले गरेको कामले व्यवसायीक वातावरणमा असर परेको शर्माको भनाइ छ । विधिसम्बत काम गरेको छैन भने कानूनी प्रकृया पुर्याएर अघि बढ्नु पर्ने उनले बताए ।
नेपालमा लगानी गर्नेलाई दुरुत्साहित हुने गरेको भन्दै उनले काम गरेर खानेलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरे ।
FACEBOOK COMMENTS