काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफू र परिवारलाई टिकटकबाट ज्यान मार्ने धम्की दिने एक टिकटकरविरुद्ध जाहेरी दिएका छन् ।
सुनिता खड्का नामक टिकटकरले आफ्नो घर जलाउने धम्की पनि दिएको साम्पाङले नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी समर्थकले दिएको धम्की भएकाले उनले त्यसलाई लक्षित गरेर प्रश्न गरेका छन्, ‘कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ?’

FACEBOOK COMMENTS