काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार लागेका छन् । उनले केहीबेर अघि विकासे मुद्दा लिएर अब आफू प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए ।
‘हिजो औपचारिक र विधिवत सदनको पहिलो बैठक सम्पन्न भयो !नेपाल सरकार लगायत सबैलाई धन्यवाद ! अब जनताका बिकासका मागहरु लिएर प्रधानमन्त्री ज्यूलाई भेट्न जानु पर्नेछ ! विभागीय मन्त्रीज्यूहरूसँग पनि पनि भेट हुनेछ’, हर्कले केहीबेरअघि फेसबुकमा लेखेका थिए ।
सुनसरी १ बाट निर्वाचित उनले हिजो प्रतिनिधिसभाको पहिलो बैठकमा एमसीसी खारेज गर्नुपर्ने, सीमामा छिमेकी मुलुकको गतिविधिमा निगरानी बढाउनुपर्ने, भदौ २३–२४ दुवै दिनको घटनाका दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनबढी माग राखेका थिए ।