काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनता सरकारसँग डराएर बाच्नुपर्ने हो भन्ने प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले सरकारले सीमा रक्षा गर्न नसकेको विषयमा पनि प्रश्न उठाए ।
‘जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो रु जनताको जिउधनको रक्षा गर्न नसक्ने सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ रु सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्यलाई सोधेर गरिररहेको हो वा आफूखुसी गरिरहेको हो रु,’ उनले भने, ‘उदाहरणका लागि महाकालीपारिपट्टि तटमा भइरहेको निर्माणलाई हेर्न सक्छौँ । सरकार पनि मुकदर्शक भएरहेको छ, यसको उत्तर सदनलाई अथवा पत्रकार सम्मेलन गरेर जनतालाई जानकारी दिएको राम्रो ।’
उनले संसदमा सांसदहरूको उपस्थिति कम रहको विषयमा पनि प्रश्न उठाए ।