काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको विषय बाहिर आएको छ । असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
सञ्चारमाध्यममा समाचार बाहिरिएपछि उनले निवेदन दिएको बताउदै आयोगले सुचना आउट गरेको बताएका छन् ।
उनले भनेका छन्- निर्वाचन आयोगले सुचना आउट गरिहालेछ १ पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ हो ! चुनाव चिन्ह ‘माटो’ हो ! भ्रम नछर्न या भ्रमित नबन्न अनुरोध !
साम्पाङले जेनजी आन्दोलनअघि काठमाडौं महानगरका मेयर बालेन्द्र साहसँग मिलेर पार्टी खोल्ने बताउदै आएका थिए । तर आन्दोलनपछि हर्कले गरेको प्रधानमन्त्रीको दाबीमा बालेनले समर्थन नगरेपछि दुवै सम्बन्ध चिसो भएको छ ।
हर्कले बालेनले विदेशीको इशारामा सुशिला कार्कीलाई समर्थन गरेको आरोप लगाउदै आएका छन् ।
FACEBOOK COMMENTS