काठमाडौं । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले देशका विभिन्न १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।
१६५ मध्ये १०९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको हो ।
पार्टीले बुधबार निर्वाचन आयोगमा बुझाएको उम्मेदवारी सूचीमा अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ ओखलढुंगा, उदयपुर, सप्तरी, दोलखा, रामेछाप, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, चितवन लगायत जिल्लामा उम्मेदवारी दिएको छ ।