काठमाडौं । हर्क साम्पाङले श्रम संस्कृति पार्टीले उपसभामुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत साम्पाङले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा पार्टीले उम्मेदवारी दिने बताएका हुन्
उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई १ ७ भोट आउँछ कि १८९ ?’
सभामुखमा रास्वपा उपसभापति डिपी अर्याल निर्बिरोध निर्वाचित भइसकेका छन् भने अब उपसभामुखमा संबिधान अनुसार फरक दलको महिला उम्मेदवार हुनु पर्ने संबैधानिक व्यवस्था रहेको छ ।
