काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
साम्पाङले ‘श्रम संस्कृति पार्टी’ को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् ।
आयोग स्रोतले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ ।
साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने जानकारी दिएका थिएनन् ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन् ।
FACEBOOK COMMENTS