काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि आफ्नो कार्यकक्षमा भारतलाई काउन्टरस्वरूप ‘ग्रेटर नेपाल’को नक्सा राख्ने भएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै साम्पाङले नक्सा राख्ने बताएका हुन् । साथै उनले अरुलाई पनि नक्सा राख्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘धरान उपमहानगरपालिकाको कार्यकक्षमा पनि ुग्रेटर नेपालु को नक्सा छिट्टै राखिने छ । तपाईंहरू पनि आफ्नो घर, कार्यालय, सामाजिक सञ्जालतिर यो नक्सा राख्नुहोस् ।
आजै काठमाडौँ महानगरका मेयर बालेन शाहले भारतले नेपाली भूमि समेटेर हालै जारी गरेको ‘अखण्ड भारत’ नामक नक्साको विरोधस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए ।
‘ग्रेटर नेपाल’ नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलसम्मको भूमि समावेश गरिएको छ ।
भारतको हालै नवउद्घाटित संसद् भवनमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु समावेश गरेर नयाँ नक्सा राखिएको छ । भारतको यस कदमको अहिले नेपालमा व्यापक विरोध भइरहेको छ ।
धरान उपमहानगरपालिकाको कार्यकक्षमा पनि "Greater nepal" को नक्सा छिट्टै राखिने छ ।
तपाईंहरु पनि आफ्नो घर, कार्यालय , सामाजिक संजालमा तिर यो नक्सा राख्नुहोस । #greater_nepal pic.twitter.com/ZXaeTfIiF5— Hark Sampang A revolution (@hark_sampang) June 8, 2023
FACEBOOK COMMENTS