विराटनगर । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङमाथि डिभिजन वन कार्यालय सुनसरीले थाल्यो छानविन सुरू गरेको छ ।
अनुमति नलिइकन सामुदायिक वन क्षेत्रमा रुख कटान गरेको भन्दै उनीमाथि छानविन थालिएको हो ।
उनले फायर लेन बनाउने भन्दै धरान उपमहानगरपालिका–२० बिष्णुपादुका सामुदायिक वनको जङ्गलमा रुखहरू काटेका थिए । उनीविरुद्ध विना अनुमति रुख काटेको उजुरी परेपछि डिभिजन वन कार्यालय सुनसरीले तीन सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ ।
FACEBOOK COMMENTS