काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रश्न गर्दै सुकुम्बासीलाई गरेको बाचा बिर्सिएको आरोप लगाएका छन् ।
सरकारले काठमाडौं उपत्यकाको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेपछि साम्पाङले लामिछानेलाई सुकुम्बासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो ? भन्ने प्रश्न गर्दै बाचा बिर्सिएको आरोप लगाएका हुन् ।
उनले निर्वाचनताका सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर ‘चुपचाप घण्टीमा छाप’ भन्दै भोट मागेको स्मरण गराउदै बचनको पक्का देखियो भन्ने व्यंग्य गरेका छन ।
उनले भनेका छन्:
रबी जी… तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।
