काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी चीनसँग सम्झौतामा पुगेका छौँ, जुन राष्ट्रपति सी र मेरोबीच अन्तिम स्वीकृतिको विषय हो । पूर्ण चुम्बक र धेरै आवश्यक दुर्लभ तत्त्वहरू चीनबाट सुरूदेखि नै उपलब्ध गराइने छ । त्यस्तैगरी हामी चीनलाई सहमति भएको कुरा प्रदान गर्नेछौँ, जसमा हाम्रा कलेज र विश्वविद्यालयहरूमा आउने चिनियाँ विद्यार्थीहरू पनि समावेश छन् ।’
ट्यारिफका बारेमा ट्रम्पले अमेरिकाले ५५ प्रतिशत पाएको र चीनले १० प्रतिशत पाएको उल्लेख गरेका छन् ।
यसैबीच, चीनले भने सहमति भएको नभनीकन व्यापारिक मुद्दामा छलफल मात्र भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्, ‘चीन–अमेरिका आर्थिक तथा व्यापार परामर्श संयन्त्रको पहिलो बैठक लण्डनमा सम्पन्न भयो । वार्ताको क्रममा दुई पक्षले स्पष्ट र गहन कुराकानी गरे र चिन्ताका आर्थिक तथा व्यापारिक मुद्दाहरूमा विचार आदानप्रदान गरे ।’
FACEBOOK COMMENTS