काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सकिने छ । कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्दैछ ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न हाथवेले कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ ।
FACEBOOK COMMENTS