काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले आज वार्षिक साधारण सभा गर्दैछ ।
सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
FACEBOOK COMMENTS