काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीले साधारणसभा बोलाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेलगत्तै कम्पनीले साधारण सभा बोलाएको हो ।
कम्पनीले भदौ २५ गतेका लागि १७ औं सभा बोलाएको छ । सभा प्रयोजनका लागि भदौ १३ गते एक दिन बुकक्लोज गरेको छ । भदौ १२ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने समूह क को शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने छ ।
FACEBOOK COMMENTS