पोखरा । सिन्धुलीको हायु परिवार आफ्नै गाउँ फर्किएको छ । सिन्धुलीबाट सुटुक्क पोखरा आइपुगेको हायु परिवार पोखराको गगनगौंडामा आश्रय लिएर बसेको थियो ।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सिन्धुलीसम्म पुग्ने बसको व्यवस्था गरी बिदाइ गरेका हुन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायु परिवारलाई गाउँ फर्कनका लागि सोही वडाका अध्यक्ष रविन कुमार श्रेष्ठले पनि पहल गरिरहेका थिए । स्थानीय रूपमा पोखरा महानगरपालिका(३० का वडा अध्यक्ष दुर्गा सुवेदी लगायत व्यवस्थापन गरेका थिए ।
सिन्धुली पुगेपछि उनीहरूका लागि बस्ने व्यवस्था गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । आवश्यक परे बालबालिकाहरूको शिक्षादीक्षाका लागि थप सहयोगमा लागि आफूहरू तयार रहेको नगर प्रमुख आचार्यले बताएका छन् ।
FACEBOOK COMMENTS