काठमाडौ । केशवराज हायुको हत्या प्रकरणसँग सम्बन्धित अर्का युवकको पनि शव फेला परेको छ । सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ स्थित लाकुरी भञ्ज्याङ क्षेत्रमा २१ वर्षीय पारुहाङ राईको शव फेला परेको प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए ।
उनकाअनुसार राईको घर भोजपुर अरुण गाउँपालिका–३ हो । उनी ललितपुरको लुभु बस्दै आएका थिए । ६ दिनअघि मंसिर २ गते हत्या गरी बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा सिन्धुली गोलन्जोरका गाउँपालिका–३ का हायुको शव फेला परेको थियो ।
उनको हत्यामा संलग्न दुई जना पक्राउ परेपछि राईको हत्या भएको खुलेको थियो । हत्या आरोपमा गएराति देवराज ढुंगेल (हायुका ज्वाइँ)र जयराम अधिकारी पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूले राईको हत्या गरी जंगलमा फालेको बताएका थिए । त्यसपछि प्रहरी राईको खोजीका लागि खटिएको थियो ।
उनको शरीरमा पनि चोट देखिएको छ । प्रहरी अनुसन्धानमा मृतक दुवै जना विदेशमा जाने तयारीमा रहेको खुलेको छ । उनीहरू दुवै जना ललितपुरको लुभुस्थित एक कृषि फार्ममा काम गर्दै आइरहेका थिए । उनीहरूको हत्या हुनुको कारणबारे प्रहरीले खुलाएको छैन ।
FACEBOOK COMMENTS