काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन् ।
केपी शर्मा ओलीनिकट गौतम पदाधिकारीको कुनै पनि पदमा समेटिएका थिएनन् । त्यसपछि उनले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।
‘म उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु, नेतृत्वसँग बृहत्तर छलफल भयो, चुनाव भयो भने म उपमहासचिव पदमा लड्ने हो,’ उनले भने ।
ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन्।
FACEBOOK COMMENTS