काठमाडौंँ । सरसफाइ लगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २ सय ३५ जनाले स्वास्थ्य परीक्षण गरएका छन् ।
काठमाडौँ महानगरपालिकाको जनस्वास्थ्य विभागले आयोजना गरेको शिविरमा ३ सय जनाको परीक्षण गर्ने लक्ष्य राखिएको थियो । विहान ८ बजेबाट सुरु भएको शिविर ३ बजेसम्म चलेको थियो ।
शिविरमा आधारभूत स्वास्थ्य परीक्षणसँगै नाक, कान, घाँटी र आँखाको परीक्षण भएको थियो । परीक्षणपछि आवश्यक पर्ने औषधि नि:शुल्क प्रदान गरिएको थियो ।
जनस्वास्थ्य अधिकृत मञ्जु मास्केकाअनुसार जाँचबाट जटिल खालको समस्या भेटिएन । आँखा सम्बन्धी रिपार्ट प्राप्त हुन बाँकी छ ।
FACEBOOK COMMENTS