काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिमाको दायरामा वृद्धि गरी पाँच लाख पु¥याउने र औषधिको मूल्य समायोजनको काम सम्पन्न गर्ने बताएका छन् ।
मन्त्रालयमा आज सय दिनमा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारमा आफू सक्रिय रहेको बताए । “स्वास्थ्य बिमा र औषधि समायोजन जसरी पनि पूरा गर्छु”, उनले भने, “यसका लागि प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, हामीले छलफलको प्रक्रिया सुरु गरेका छौँ ।”
प्राकृतिक विपद् र डेङ्गी महामारीले ल्याएको जटिलताका बावजुत विगतमा भन्दा स्वास्थ्य क्षेत्रमा सुधार आएको मन्त्री पौडेलको भनाइ थियो । क्यान्सर र मिर्गौलाको उपचारका लागि बिरामी पत्ता लगाउन देशभर स्क्रीनिङ सेवा प्रारम्भ गर्ने उनले बताए । तीन महिनाभित्र स्क्रीनिङको व्यवस्था पूरा गर्न मोबाइलमा रिङ्टोन सेवा सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए ।
सय दिनको उपलब्धिअन्तर्गत विषयत समितिको बैठक, जनस्वास्थ्य समितिको क्रियाशीलता, स्वास्थ्य जनशक्ति उत्पादन तथा सीप र दक्षता उपयोगको प्रयास, निरोगी नेपाल, उपचारात्मक सेवा विस्तार र विकास, उपचारात्मक सेवा विस्तार, चिकित्सा शिक्षा अध्ययन, जलन उपचारलाई निःशुल्क, जनस्वास्थ्यका समसामयिक समस्या सम्बोधन, महिला स्वास्थ्य स्वयमसेविकालाई सार्वजनिक यातायातमा शुल्क नलाग्ने सेवा सम्मान, स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कार्यक्रम, नीतिगत, कानुनी सुधार र पुनरावलोकन, औजार उपकरण मर्मत र अभिलेखीकरण, सिंहदरबार वैद्यखानाबाट औषधि उत्पादनमा वृद्धि, औषधिको मूल्य नीति सुझाव समिति गठन गरी कार्य प्रारम्भ, विकास साझेदारीसँगको सहकार्यलगायत विषय सम्पन्न भएको मन्त्री पौडेलले सो अवसरमा जानकारी गराए ।
FACEBOOK COMMENTS