काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषदको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन कुमार पियाको नाम चर्चामा आएको छ ।
डा. पिया क्यान्सर रोग विशेषज्ञ मात्र नभइ सार्क फेडेरेशन अफ अन्कोलोजिस्टका संरक्षक समेत हुन् । लामो समयदेखि चिकित्सा क्षेत्रमा योगदान गर्दै आएका उनी समाजसेवा र स्वास्थ्य क्षेत्रमासमेत सक्रिय रहँदै आएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुभवी र योग्य नेतृत्वको आवश्यकता महसुस भइरहेको बेला उनको नाम चर्चामा आएको हो ।
प्रधानमन्त्री कार्कीले अब केही दिनभित्रै थप तीनजना मन्त्री नियुक्त गर्ने तयारी गरेको र त्यस क्रममा डा. पियाको विशेषज्ञता, अनुभव, नेतृत्व क्षमता र समाजमा उनको प्रतिष्ठा स्वास्थ्य मन्त्रालयका जिम्मेवारीका लागि उपयुक्त हुने चर्चा जेन्जी सङ्क्तिबाटै भइरहेको पाइन्छ ।
यो पनि पढ्नुहोस्–
डा. सङ्गीता मिश्रा : न रहिन् सचिव, न बनिन् मन्त्री
अम्बादत्तलाई पर्यटन र टीकारामलाई रक्षामन्त्री बनाउन सुझाव
FACEBOOK COMMENTS