काठमाडौँ । इरानमा विद्यालयमाथि भएको आक्रमणमा १६० भन्दा बढी बालबालिकाको मृत्यु भएको घटनाबारे अमेरिकाले छानबिन सुरु गरेको जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले उक्त घटनाको समीक्षा भइरहेको बताएका छन् ।
पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका सामान्यतया सर्वसाधारणका संरचनालाई निशाना नबनाउने बताए पनि यस घटनाबारे विस्तृत जाँच भइरहेको स्पष्ट पारे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार इरानमा भएको उक्त आक्रमणपछि विश्वभर प्रश्न उठेका छन् ।
यसैबीच हेगसेथले अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न भनिएको इरानी एकाइका नेताको हत्या गरेको दाबी गरेका छन् । उनले नाम सार्वजनिक नगरे पनि कारबाही मंगलबार गरिएको बताए ।
उनका अनुसार ट्रम्पको हत्या गर्ने प्रयास गर्ने समूहका नेतालाई खोजेर मारिएको हो । इरानले भने यसअघि सन् २०२५ जनवरीमा यस्तो आरोप अस्वीकार गर्दै ट्रम्पविरुद्ध कुनै षड्यन्त्र नरेको दाबी गरेको थियो ।
यसअघि सन् २०२४ नोभेम्बरमा अमेरिकी न्याय विभागले एक इरानी नागरिकमाथि ट्रम्पको हत्या प्रयासमा संलग्न भएको आरोप लगाएको थियो । उक्त योजना इरानको इस्लामिक क्रान्तिकारी गार्डको निर्देशनमा बनाइएको दाबी गरिएको थियो ।


FACEBOOK COMMENTS