काठमाडौं । सोलुखुम्बुमा हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले मनसुन अवधिभरका लागि हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाएको छ। यो निर्णयलाई सरोकारवालाले अव्यावहारिक भनेका छन्।
दुर्घटना न्यूनीकरण गर्न भन्दै प्राधिकरणले सेप्टेम्बर २०२३ सम्म माउन्टेन, सिलिङ ९सामान झुन्ड्याएर गरिने लङलाइन उडान० र पुष्पवृष्टि उडानमा रोक लगाउने निर्णय गरेको छ। मनसुन प्रतिकूल रहेका बेला उडान गर्दा जोखिम आउन सक्ने भएकाले रोक लगाइएको प्राधिकरणको दाबी छ। क्यानमाथि आफ्नो कमजोरी लुकाउन उडानमा रोक लगाएको आरोप छ।
दुर्घटनाको कारण देखाउँदै हेलिकोप्टरको पर्वतीय उडानमा रोक लगाउनु नियमनकारी निकायको हतास मानसिकता भएको क्यानका एक पूर्वमहानिर्देशकले बताए। ‘अपरेसनमा ध्यान दिनुपर्ने कुरालाई कार्यान्वयनमा ल्याउने कुरा उचित हो,’ ती महानिर्देशकले भने, ‘उडानमै रोक लगाउने निर्णय अव्यावहारिक छ।’ पहाडी इलाका भएका अन्य मुलुकमा पनि यस्तो अभ्यास नभएको उनले बताए।
‘हेलिकोप्टर कम्पनीले एभिएसन र आइकाउको नियम पालना गर्नुपर्छ,’ ती महानिर्देशकले भने, ‘नियमनकारी निकायले हतासमा निर्देशन दिने निर्णय गलत छ।’ क्यानले सुरक्षा मापदण्ड कार्यान्वयनमा ल्याउने, अनुगमन गर्ने काम गर्नुपर्ने उनले बताएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS