काठमाडौं । झापा जान उडेको बालेन शाह चढेको हेलिकप्टर काठमाडौंमै फर्किएको छ ।
सुरक्षा स्रोतले बालेन चढेको हेलिकप्टर उडेको केहि समयमा नै काठमाडौं फर्किएको पुष्टि गरेको छ ।
मौसम खराबीको कारण भनिएता पनि के कारणले फर्किएको स्पष्ट जानकारी भने प्राप्त हुन बाँकी रहेको छ ।
झापा–५ बाट उम्मेदवार रहेका बालेनले आज बिहान काठमाडौँंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।
FACEBOOK COMMENTS