काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा हेलिकोप्टर दुर्घटना भएको छ । उडिरहेको हेलिकोप्टर न्यूयोर्कस्थित हड्सन नदीमा खसेर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सबै ६ यात्रुको मृत्यु भएको छ ।
अधिकारीहरूका अनुसार हेलिकोप्टरमा एक पर्यटक परिवार सवार थिए । मृतकहरूमा तीन बच्चा पनि समावेश छन् ।
न्यूयोर्क शहरका मेयर एरिक एडम्सले पाँच जनाको परिवार स्पेनबाट आएको र छैटौं व्यक्ति पाइलट रहेको जानकारी दिए ।
न्यूयोर्क प्रहरी आयुक्त जेसिका टिशले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताइन् ।
दुर्घटनाको भिडिओ फुटेजमा हेलिकोप्टर आकाशबाट उल्टो गरी हड्सन नदीमा खसेको देखिन्छ । उक्त हेलिकोप्टर डाउनटाउन स्काईपोर्टबाट उडेको थियो ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS