बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।
राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समयअनुसार दिउसो करिब १२:५४ मा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।
दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्याह्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना बेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।
एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोेकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका बस्ती जोखिममा परिरहेका छन् ।
गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकोप्टर पठाइएको छ ।
FACEBOOK COMMENTS