काठमाडौं । नेपालीहरूको महान चाडको पूर्वसन्ध्यामा आएको अविरल वर्षाका कारण जनधनमा ठूलो क्षति भएकोमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अत्यन्त दुःखित भएको जनाएको छ ।
अप्रत्यासित प्राकृतिक प्रकोपले नेपाली निजी क्षेत्रको व्यापार व्यवसायमा समेत गम्भीर आर्थिक क्षति पुगेको हुँदा, यस घटनाप्रति संघ गहिरो दुःख व्यक्त गरेको जनाएको छ ।
संघले क्षति व्यहोरिरहेका व्यवसायीहरूलाई आवश्यक राहत प्रदान गर्न सरकारसँग आग्रह गर्दछ । चाडपर्व पूर्व प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण र पुनर्स्थापना कार्यहरूमा शीघ्र कदम चाल्नुपर्ने आवश्यकता रहेकोले सम्बन्धित निकायको सक्रियताको अपेक्षा गरेको जनाएको छ ।
उपत्यकाका सबै जसो तल्लोभाग र काठमाडौँको दक्षिण भेगमा रिङ्गरोड पारी सबै जसो व्यापारीहरुको गोदाम घर हुनु र चाडका लागी आयातित वस्तुहरुमा थुप्रै क्षति पुगेका छन् । साथै साना साना व्यापारी र तरकारी बजारमा समेत क्षति पुगेको जनाएको छ । सबै व्यवसायीहरुले आफ्नो क्षति बारे आफ्नो प्रतिनिधिमूलक संस्थामा जानकारी गराउन आग्रह गरेको छ ।
संकटमा परेका नागरिक तथा व्यवसायीहरूको सहयोगार्थ सरकार, बैंक ,बिमा साथै सम्पर्ण निकायबाट उचित अनुदान ,सहयोग र राहत साथै अन्य आवश्यक सहायताहरू शीघ्रतासाथ उपलब्ध गराइयोस् भनी आग्रह गरेको छ ।
FACEBOOK COMMENTS