सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन् ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले राससलाई बताए ।
FACEBOOK COMMENTS