काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालको यो लगातार तेस्रो उपाधि हो ।
यसअघि महिला तर्फको उपाधि न्यू डायमण्ड स्पोर्ट्स क्लबले जितेको थियो । महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३(० को सोझो सेटमा हराउदै न्यू डाइमण्ड स्पोर्ट्स क्लबले उपाधि जितेको हो ।
FACEBOOK COMMENTS